२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

लुम्बिनीमा मन्त्रीहरूको कार्यविभाजन, अजय शाहीले पाए उद्योग मन्त्रालय

१८ भदौ, बुटवल । लुम्बिनी प्रदेशमा मन्त्रीहरूको कार्यविभाजन गरिएको छ । शुक्रबार मुख्यमन्त्री कुलप्रसाद केसीकाे सिफारिसमा प्रदेश प्रमुख अमिक सेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा ९ अनुसार हेरफेर र कार्य विभाजन गरेका हुन् ।

डिल्लीबहादुर चौधरीलाई पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालय, कृष्णध्वज खड्कालाई आर्थिक मामिला तथा सहकारी मन्त्रालय, सहसराम यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र अजय शाहीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ । सुमन शर्मा रायमाझी र पुर्मती ढेंगा भने अझै विना विभागीय नै छन् ।

प्रकाशित मिति : September 3, 2021 at 1:41 pm