५ चैत्र २०८२, बिहीबार | Thu Mar 19 2026

तेह्रथुम पावरको आइपिओ आजदेखि खुल्यो

९ भदाै, काठमाडाैँ । तेह्रथुम पावर कम्पनीको प्राथमिक सेयर (आइपिओ) आजदेखि खुलेको छ। प्रतिसेयर १०० दरले ८ लाख कित्ता सर्वसाधारण समूहको सेयर निस्कासन भएकाे हाे । यसको ५ प्रतिशत सामुहिक लगानी कोषका लागि र २ प्रतिशत कर्मचारीका लागि छुट्याएपछि बाँकी रहेको ७ लाख ४४ हजार कित्ता सेयर सर्वसाधारणका लागि बाँडफाँड हुने कम्पनीले जनाएकाे छ ।

आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम ६० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। कम्पनीको बिक्री प्रवन्धकका रुपमा एनआइबिएल एस क्यापिटल रहेको छ। यसअघि कम्पनीले प्रभावित स्थानीयका लागि आइपिओ बाँडफाँड गरिसकेको छ।

यस कम्पनीलाई इक्रा नेपालले बीबी माइनस रेटिङ प्रदान गरेको छ। यस रेटिङले दायित्व वहनका लागि कम्पनी औसत मध्यमस्तरमा रहेको जनाउँछ। आयोजनाबाट २०७६ फागुनदेखि व्यवसायिक उत्पादन भइसकेको छ। कम्पनीको आइपिओमा भदौ १३ गतेसम्म आवेदन दिन सकिनेछ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार १०:१९