१६ अंकले घट्यो नेप्से, १४ अर्ब ३१ करोडकाे काराेबार
२१ साउन, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक १६ अंकले घटेर ३१०७.४५ विन्दुमा पुगेकाे छ । नेप्से ०.५१ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक भने ०.६४ अंकले बढेर ५७९ विन्दुमा पुगेकाे छ ।
आज दिनभर २२६ कम्पनिको २८ करोड ८ लाख ४५ हजार ४ सय ३१ कित्ता शेयर १३ हजार ५ सय ४२ पटक किनबेच हुदा १४ अर्ब ३१ करोड ६२ लाख ४९ हजार ९ सय ५६ रुपैयाँको कारोबार भएको छ ।
आज बैंकिङ समुह र विकास बैंक समुह बाहेक सबै समुह राताम्मे भएको छ । आज सबैभन्दा बढि विकास बैंक समुहका लगानिकर्ताले कमाएक छन विकास बैंक समुह १०८.६९ अंकले बढेको छ भने बैंकिङ समुह ०.१२ अंकले बढेको हो ।
त्यसैगरी आज सबैभन्दा बढि हाईड्रोपावरका लगानिकर्ताले गुमाएका छन । आज हाईड्रोपावर समुह ७६.२४ अंकले ओरालो लागेको छ । माईक्रोफाइनजान्स समुह ३४.८२ जिवन विमा समुह ५३.१७ उत्पादन समुह ९०.८२ निर्जिवन विमा समुह ४९.९७ व्यापार समुह ४५.२७ होटल टुरीजम समुह ४३.५८ अंकले घटेको छ ।
प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार १६:१०













