५ चैत्र २०८२, बिहीबार | Thu Mar 19 2026

हालसम्मकै उच्च विन्दुमा सेयर बजार, १५ अर्ब ५९ करोडकाे काराेबार

२० साउन, काठमाडौँ । सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । अलटाईम हाइ रेकर्ड बनेकाे नेप्सेले बुधबार हालसम्मकै उच्च विन्दुमा पुगेकाे हाे । बुधबार नेप्से परिसूचक ३१२३.२४ विन्दुमा पुगेकाे छ । मंगलबार नेप्से परिसूचक ३१११.०९ विन्दुमा पुगी नयाँ रेकर्ड कायम गरेकाे थियाे । नेप्सेले आज साेही विन्दु ताेडेर नयाँ रेकर्ड बनाएकाे हाे ।

परिसूचकसँगै कारोबार रकममा पनि बृद्धि भएको छ । तर रकेर्ड भने ब्रेक गर्न सकेन । बुधबार दिनभरिमा २२५ कम्पनीको २ करोड ८८ लाख १३ हजार कित्ता सेयर १ लाख ४४ हजार पटक किबनेच हुँदा १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार रुपैयाँको कारोबार भएको छ । यसअघि हिजो मंगलबार ११ अर्ब ५२ करोड ५३ लाख २ हजार रुपैयाँको कारोबार भएको थियो ।

बुधबार विकास बैंक समूह ६४.९७ अंक, बैंकिङ समूह ४.२९ अंक, फाइनान्स समूह ४४.०२ अंक, जलविद्युत समूह १९४.०७ अंक, इन्भेष्टमेन्ट समूह ०.३१ अंक, उत्पादन समूह ३०.३५ अंकले बढेको छ ।

बुधबार जीवन बीमा समूह २.७५ अंक, माइक्रोफाइनान्स समूह १२५.८५ अंक, निर्जीवन बीमा समूह ८०.०५ अंक, अन्य समूह १९.५१ अंक, ब्यापार समूह ६०.२० अंक, होटल तथा पर्यटन समूह ७.७७ अंक र म्युचुअल फण्ड समूहको ०.१२ अंकले घटेको छ ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार १६:३२