१ पुष २०८२, मंगलवार | Wed Dec 17 2025

मानुषी लघुवित्तको आईपिओ साउन २७ गतेबाट निष्कासन हुने

१२ साउन, काठकाडाैँ । मानुषी लघुवित्त वित्तिय संस्था लिमिटेडले साउन २७ गते देखि सर्वसाधारणका लागि साधारण सेयर (आईपिओ) निष्कासन गर्ने भएको छ ।

लघुवित्तले निष्काशन गर्न लागेको ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयरमध्ये चुक्ता पुँजीको ०.५ प्रतिशत अर्थात ५ हजार ४६९ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सामूहिक लगानी कोषकाे लागि सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सेयरका सर्वसाधारण लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन्।

लघुवित्तको उक्त आइपीओमा छिटोमा साउन ३१ गते र ढिलोमा भदौ ९ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलवार ०७:४७