२९ कार्तिक २०८१, बिहीबार | Thu Nov 14 2024

चलचित्र निर्देशक किशोर रानाका दुवै मिर्गौला फेल

२३ असार, काठमाडाैँ । चलचित्र निर्देशक किशोर रानाका दुवै मिर्गौला फेल भएका छन ।  दुवै मिर्गौलाको काम नगरेपछि रानालार्इ अस्पताल भर्ना गरिएको छ ।

रानालार्इ मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा भर्ना गरिएको छ। अस्पतालका अनुसार उनका दुवै मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भएका छन् । उनको परिवारले आवश्यक उपचारको ब्यवस्था गरिदिन सरकारसँग आग्रह गरेको छ ।

परिवारले सहयोग गर्न चाहने जो कोहीलाई पनि अनुरोध गरेको छ । सहयोग गर्न चाहनेले सुचित्रा श्रेष्ठलाई ९८५१०७९९८८, राजु अधिकारीलाई ९८५५०५९५६२, विश्वदिप घिमिरेलाई ९८५१०५५००६, दीपक खाँडलाई ९८५१०२२३९९ र शेखर पुरुषलाई ९८५१०५३२६० मा सम्पर्क गर्न सक्नुहुनेछ ।

प्रकाशित मिति : २३ असार २०७५, शनिबार २१:११