१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

नेकपाको नियमावलीलाई अन्तिम रुप दिन तीन सदस्यीय कार्यदल

२३ असार, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीको प्रस्तावित नियमावलीलाई परिमार्जनसहित अन्तिम रुप दिन कार्यदल गठन गरेको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले तीन सदस्यीय कार्यदल गठन गरेको हो ।

कार्यदलमा बामदेव गौतम, रामबहादुर थापा र महासचिव विष्णु पौडेल रहेका छन । कार्यदलले ३ दिनभित्रममा नियमावलीलाई अन्तिम रुप दिएर प्रकाशन गर्ने कार्यादेश दिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन ।

कार्यदलले तयार पार्ने नियमावलीलाई आगामी मंगलबार बस्ने सचिवालय बैठकले अनुमोदन गरेर त्यही दिन प्रकाशनका लागि पठाउने निर्णय भएको छ ।

प्रकाशित मिति : २३ असार २०७५, शनिबार १५:५१