एमाले एकता भाँड्न माधव नेपालको सचिवालयको सक्रियता !
४ जेठ, काठमाडौँ । एमाले एकता भाँड्न वरिष्ठ नेता माधवकुमार नेपालकै सचिवालको भूमिका विवादास्पद देखिएको छ । मंगलबार गृहमन्त्री समेत रहनुभएका एमाले नेता रामबहादुर थापा बादल वरिष्ठ नेता नेपालसँग एक घण्टासँग छलफल गरेर निस्कनुभयो । उक्त भेटमा माधव नेपालले यसअघि संसदमा केपी ओलीको सरकार ढाल्नका लागि सांसदहरूको बहिष्कार गरेको जस्तो नहुने र एमालेका मतदाताले सूर्यमै मतदिने बताउनुभएको थियो । जुनकुरा सबै सञ्चारमाध्यममा प्रकाशित पनि भए ।
सोही समयमा आसपासमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको एमाले विवाद समाधान कार्यदलको बैठकले पार्टीमा एकता र समझदारीलाई बृद्भि गर्न तथा एक आपसमा अविश्वास, असहयोग र अन्तरबिरोध सिर्जना हुने कामकुराबाट अलग रहन पार्टी पंक्तिलाई हार्दिक आव्हान गरेको थियो । सो बैठकमा माधवकुमार नेपालले कार्यदलमा पठाउनुभएका पाँच नेता र ओलीले पठाउनुभएका तीन नेता सहभागी हुनुहुन्थ्यो । सोही बैठकले पार्टीमा देखिएका समस्यालाई यथोचित रूपमा समाधान गर्दै पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउन पार्टीपंक्तिलाई सहयोग र सद्धभाभवको आगि आग्रह गर्ने निर्णय समेत गरेको थियो ।
वरिष्ठ नेता नेपालले एमाले नेता बादलसँग मतदानको वचन दिनुभएको थियो । कार्यदलको त्यस्तो गम्भीर निर्णय आइसकेको समयमा नेपालको स्वकीय सचिव मोहन गौतमले भ्रममा नपर्न भन्दै राष्ट्रियसभा उपनिर्वाचनमा उम्मेदवार भएका खिमलाल देवकोटा आफ्नो उम्मेदवार रहेको बताउनुभएको छ । नेपाली कांग्रेस र नेकपा एमालेका माओवादी केन्द्रका उम्मेदवार देवकोटा आफ्नो पनि उम्मेदवार रहेको र सो बारेमा माधवकुमार नेपाल स्पष्ट रहनुभएको उहाँले बताउनुभएको छ । गौतमले बादलाइ नै मत दिने भनेर नेपालले नभनेको भन्दै भन्दै विज्ञप्ति निकाल्नुभएको छ । उहाँले फेसबकु मार्फत आफ्नो विज्ञप्ति सार्वजनिक गर्नुभएको छ ।
उहाँले भन्नुभएको छ ‘आज कमरेड राम बहादुर थापा कोटेश्वर निवासमा आई पर्सि हुने राष्ट्रियसभा निर्वाचनमा सहयोग गर्न भनेकोमा पूर्व प्रधानमन्त्री एवम् वरिष्ठ नेता माधव कुमार नेपालले उम्मेद्वारी दर्ताको परिस्थितिमा अन्य दलहरू सहितलाई सहमत गराएर डा। खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेद्वार वनाएकोले अहिले अन्यथा गर्न नसक्ने कुरा स्पष्ट पार्नुभयो । त्यसपछि कमरेड थापाले नै त्यसो भए मतदाताहरूलाई स्वविवेक प्रयोग गर्न भनौं भन्ने प्रस्ताव गर्नुभएको हो । मतदाताले स्वविवेक प्रयोग गर्ने कुरामा सहमति छ र कतिपय स्थान एवम् मिडियामा प्रचार गरिएजस्तो अन्य कुनै सहमति भएको छैन । भ्रममा नपर्न सबैलाई अनुरोध छ ।’
कार्यदलको आह्वान र बादललाइ दिएको वचन विपरित सचिवालका नाममा गौतमले यस्तो विज्ञप्ति दिएपछि नेपालले एकतावद्ध एमालेको पहल बनावटीमात्र गरेको हुनसक्ने आशंका गरिएको छ । कार्यदलले भने उत्साहित रूपमा पार्टीलाइ बजबुद बनाउने मार्गचित्र बनाउने भन्दै गृहकार्य गरिरहेको छ । यही समयमा नेपालको सचिवालय भने कांग्रेस र माओवादीका उम्मेदवार बनेको देवाकोटालाइ फाइदा हुनेगरी वक्तव्यबाजी गरको छ । एमाले महासचिव इश्रर पोखरेलले भने सबै मतदातालाइ पत्र पठाउँदै बादललाइ मत दिन ह्वीप जारी गर्नुभएको छ ।
यो पनि पढ्नुहोस्
–रामबहादुर थापा बादललाई राष्ट्रियसभामा विजयी गराउनु मेरो दायित्व होः वरिष्ठ नेता नेपाल
–खिमलाल देवकोटा त एमाले नै रहेनन् नि, हाम्रो उम्मेदवार त बादल होः नेता श्रेष्ठ
–राष्ट्रियसभा उपनिर्वाचनमा बादललाई मत दिन एमालेको ह्वीप (पत्रसहित)
–राष्ट्रियसभाका लागि हाम्रा उम्मेदवार बादल हुन, ढुक्कले सूर्यमा भोट हालिन्छः सांसद आले
–खिमलाल देवकोटा हाम्रा उम्मेदवार होइनन्ः एमाले नेता पाण्डे
–राष्ट्रियसभा उपचुनावमा राप्रपाले सूर्यमा भोट हाल्ने, कांग्रेस र माओवादी चुनावचिन्ह बिहीन
प्रकाशित मिति : 20:22









