खिमलाल देवकोटा त एमाले नै रहेनन् नि, हाम्रो उम्मेदवार त बादल होः नेता श्रेष्ठ
४ जेठ, काठमाडाैँ । नेकपा (एमाले)का नेता जीवनराम श्रेष्ठले खिमलाल देवकोटा अब एमाले नै रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो ‘कांग्रेस, माओवादी र जसपाको उम्मेदवारको रूपमा उहाँ राष्ट्रियसभा उपनिर्वाचनमा उम्मेदवार भएपछि उहाँ एमाले रहनुभएन । हाम्रो त पार्टीले निर्णय गरेर उम्मेदवार बनाएको रामबहादुर थापा बदल हुनुहुन्छ ।’
कतिपयले देवकोटा माधवकुमार नेपाल समूहसँग नजिक रहेको भनेर प्रचार गरेको भए पनि त्यो सत्य नभएको श्रेष्ठले बताउनुभो । उहाँले विगतमा को कहाँ नजिक थियो भन्ने कुरा फरक भएको बताउँदै राष्ट्रियसभा उपनिर्वाचनका लागि एमालेले बादललाइ उम्मेदवार बनाएको स्पष्ट पार्नुभयो । सांसद श्रेष्ठले पार्टीको विवाद हल गर्न गठन गरिएको कार्यदलले चाँडै सकारात्मक निकास दिने अपेक्षा पनि गर्नुभयो ।

प्रकाशित मिति : 07:20









