१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

पत्रकार महासङ्घ नुवाकोटको अध्यक्षमा पुनः खनाल, युनियनले दोस्रो पटक नेतृत्व गुमायो

९ वैशाख, नुवाकोट । नेपाल पत्रकार महासङ्घ नुवाकोट शाखाको अध्यक्षमा कपिलदेव खनाल विजयी हुनुभएको छ । शाखाको नेतृत्व चयन गर्नका लागि बुधबार भएको मतदानको गएराति आएको मत परिणामअनुसार खनाल अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो ।

यो पनि पढ्नुहोस्

-निर्वाचनमा पुनः धाँधली भएपछि पत्रकार महासंघ नुवाकोटमा तालाबन्दी

-पत्रकार महासंघ नुवाकोटमा फेरि धाँधली ! निर्वाचन समितिका सदस्यले राजिनामा दिए

-पत्रकार महासंघ नुवाकोटको विवादः बदरमत गनेर अविर लगाउनेको पद चट

–पत्रकार महासंघ नुवाकोटको विवादित मतपत्र प्रहरी नियन्त्रणमा, भोलि काठमाडाैँ पठाइने

–पत्रकार महासंघ नुवाकोटको विवादित मतपत्र पूर्व अध्यक्षको घरमा भेटियो

–पत्रकार महासंघ नुवाकोटमा बदर मत गणना गरेर विजयी घोषणा, निर्वाचन रद्द गर्न उजुरी

गत चैत २५ गते महासङ्घको देशैभरका शाखा, प्रदेश र केन्द्रीय समितिको नेतृत्व चयन गर्नका लागि भएको मतदानका क्रममा नुवाकोटको मतपत्रमा त्रृटि फेला परेपछि पुनःमतदान गरिएको हो । अध्यक्षमा निर्वाचित खनालले ११८ मत ल्याउनुभएको थियो भने उहाँको प्रतिद्वन्द्वी नारायण नेपालले पाँच मत ल्याउनुभएको थियो ।

उपाध्यक्षमा नवदीप श्रेष्ठ, महिला उपाध्यक्षमा जमुना गजुरेल, सहसचिवमा भरतसन्तोषी लामा, कोषाध्यक्षमा सुनिल विष्ट र सदस्यमा कृष्ण अधिकारी, राममणि अधिकारी, रवीन दाहाल, सुजित भण्डारी, हरि भेटुवाल र मुकुन्दराज अर्याल विजयी हुनुभएको केन्द्रीय प्रतिनिधि तथा महासङ्घका केन्द्रीय सदस्य ध्रुवकुमार रावलले जानकारी दिनुभयो ।

केन्द्रीय परिषद् सदस्यमा भोलाराज पौडेल, बद्री प्याकुरेल, देवचन्द्र भट्ट र किरण अधिकारी निर्वाचित हुनुभएको छ । सचिव, सहसचिव महिला, समावेशीतर्फको चार सदस्य पद र प्रदेश परिषद् सदस्य पदमा यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । एक सय ७४ सदस्य रहेकामा मतदानमा १२५ मत खसेको थियो ।

युनियनले दोस्रो पटक नेतृत्व गुमायो

स्थापनाकालदेखि एकलाैटी गर्दै अाएको प्रेस युनियनले दोस्रो पटक जिल्लाको नेतृत्व गुमाएको छ । यस पटकको निर्वाचनमा अध्यक्षमा उम्मेदवारी  दिने हैसियत समेत नदेखाएको युनियनका उम्मेदवारहरू मतदानबाट पराजित भएका छन । उपाध्यक्षमा प्रेस युनियन नुवाकोटका अध्यक्ष नवराज सुवेदी प्रेस चाैतारी नुवाकोटका अध्यक्ष नवदीप अजनवी श्रेष्ठसँग पराजित भएका छन । त्यस्तै अन्य पदमा पनि प्रेस युनियनका उम्मेदवार पराजित भएका छन ।

प्रकाशित मिति : April 22, 2021 at 10:44 pm