१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

पत्रकार महासंघ नुवाकोटको विवादित मतपत्र प्रहरी नियन्त्रणमा, भोलि काठमाडाैँ पठाइने

२७ चैत,नुवाकोट । नेपाल पत्रकार महासंघ नुवाकोटमा मतदाताको गोपनियता भंग गर्ने नियतले संकेत नम्बरहरू उल्लेख गरेर मतदान गराइएको मतपत्र केन्द्रीय निर्वाचन समितिको लिखित आग्रह अनुसार प्रहरीले नियन्त्रणमा लिएर राखेको छ । शुक्रबार पत्रकार महासंघको कार्यालयमा पुगेर प्रहरीले मतपेटिका नियन्त्रणमा लिएर प्रहरी कार्यालयमा राखेको छ ।

यो पनि पढ्नुहोस्

पत्रकार महासंघ नुवाकोटको विवादित मतपत्र पूर्व अध्यक्षको घरमा भेटियो

पत्रकार महासंघ नुवाकोटमा बदर मत गणना गरेर विजयी घोषणा, निर्वाचन रद्द गर्न उजुरी

मतपत्रमा क्रमसंख्या राखेर मतदाताको गोपनियता भंग गर्न योजना बनाउने मतदान अधिकृत उत्तम घिमिरे आफैँ महासंघको कार्यालयमा पुगेर मतपेटीका प्रहरीलाइ बुझाउन सहयोग गरेका छन । त्यसअघि पत्रकार महासंघको केन्द्रीय निर्वाचन समितिले मौखिक आदेश दिँदा नमानेर मोबाइल स्वीचअफ गरेर लुकेका मतदान अघिकृतहरू जिल्ला प्रशासन मार्फत मतपत्र सुरक्षित साथ काठमाडौँमा उपलब्ध गराइदिन पत्रचार गरेपछि मुख देखाउन महासंघको कार्यालय पुगेका थिए ।

मतपेटिका लिन जिल्ला प्रशासन कार्यालयबाट रमेशजंग पाण्डे र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक ललिता ढकालको टोली महासंघको कार्यालयमा पुगेको थियो । प्रहरी भोलि शनिबार पत्रकार महासंघको केन्द्रीय कार्यालयमा केन्द्रीय निर्वाचन समितिलाइ मतपेटीका हस्तान्तरण गर्ने जनाएको छ । केन्द्रीय निर्वाचन समितिका तर्फबाट देवेन्द्र झा, कपिलचन्द्र पोखरेल, हरिप्रसाद राइ र विष्णुमाया भुसालले संयुक्त रूपमा हस्ताक्षर गरी जिल्ला प्रशासन कार्यालय नुवाकोटलाइ पत्राचार गर्नुभएको थियो ।

केन्द्रीय निर्वाचन समितिका तर्फबाट देवेन्द्र झा, कपिलचन्द्र पोखरेल, हरिप्रसाद राइ र विष्णुमाया भुसालले संयुक्त रूपमा हस्ताक्षर गरी जिल्ला प्रशासन कार्यालय नुवाकोटलाइ गर्नुभएको पत्राचार ।

पत्रमा लेखिएको छ ‘मिति २०७७।१२।२५ गते सम्पन्न नेपाल पत्रकार महासंघ नुवाकोट शाखाको निर्वाचन सम्बन्धमा केन्द्रीय निर्वाचन समिति समक्ष लिखित उजुरी पर्न आएको हुंदा सो सम्बन्धमा आवश्यक निर्णयमा पुग्न मतदान प्रकृयासँग संवन्धित कागजात लगायत शाखा कायसमितिको मतपत्र केन्द्रीय निर्वाचन समितिलाई उपलब्ध गराउन, शाखा निर्वाचन समिति र अध्यक्ष पदका प्रत्याशी समेतको रोहवरमा उक्त मतपत्र सहितका कागजातहरू पठाई आवश्यक सहयोग गरिदिनुहुन अनुरोध छ ।’

मतपत्रको सुरक्षाका लागि अध्यक्ष र उपाध्यक्षका उम्मेदवारले जिल्ला प्रशासन कार्यालयमा दिएको उजुरी ।

संकेत प्रयोग गरेर मतदान गराइएकाले मतदान रद्द गर्न माग गर्दै कोषाध्यक्षको उम्मेदवार गमला लामाले निर्वाचन समितिलाइ दिएको उजुरी ।

संकेत प्रयोग गरेर मतदान गराइएकाले मतदान रद्द गर्न माग गर्दै अध्यक्षका उम्मेदवार नारायणप्रसाद नेपाल, उपाध्यक्षका उम्मेदवारद्धय नविदप श्रेष्ठ र रूपा अर्याल र केन्द्रीय परिषद् सदस्य देवचन्द्र भट्टले निर्वाचन समितिलाइ दिएको उजुरी ।

प्रकाशित मिति : April 9, 2021 at 7:48 pm