१४ मंसिर २०८३, आइतबार | Sun Nov 29 2026

इसेवामा अब सन नेपाल लाइफको ‘स्क्यान एन्ड केयर’ बीमा योजना उपलब्ध, १ लाखसम्मको बीमा सुरक्षा

https://www.muktinathbank.com.np/online/loan-application

१३ मंसिर, काठमाडौं ।  नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीचको सहकार्यमा ‘स्क्यान एन्ड केयर’ बीमा योजना अब इसेवामार्फत सजिलै किन्न सकिने भएको छ । सन नेपाल लाइफले इसेवासँगको सहकार्यमा आफ्नो ‘स्क्यान एन्ड केयर’ सेवालाई डिजिटल माध्यमबाट समेत उपलब्ध गराएको हो ।

डिजिटल माध्यमबाट सर्वसाधारणसम्म बीमा सेवाको पहुँच सहज र सरल बनाउने उद्देश्यका साथ दुई कम्पनीबिच इसेवाबाटै सजिलै उक्त बीमा खरिद गर्न सकिने साझेदारी भएको हो । यस साझेदारीअन्तर्गत इसेवाका ग्राहकले स्क्यान एन्ड केयर टर्म लाइफ इन्स्योरेन्स र सन मेडिकेयर गरी कुल रु. १ लाखसम्मको बीमा सुरक्षा प्राप्त गर्न सक्नेछन् । योजनाअनुसार टर्म लाइफ इन्स्योरेन्सतर्फ रु. ५० हजार र सन मेडिकेयर (स्वास्थ्य बीमा) तर्फ रु. ५० हजारसम्मको बीमा सुरक्षा प्राप्त गर्न सक्ने इसेवाले जनाएको छ ।

१८ देखि ६० वर्ष उमेर समूहका योग्य व्यक्तिहरूले इसेवा एपमा उपलब्ध क्यूआर कोड स्क्यान गरी सजिलै यो योजना खरिद गर्न सक्नेछन् । उमेर र बीमा सुरक्षाका आधारमा यस योजनाको वार्षिक बीमाशुल्क रु. ७६० देखि रु. १,४०५ सम्म तोकिएको छ ।

सन नेपाल लाइफले आफ्ना शाखा कार्यालय र अभिकर्ताहरूमार्फत उपलब्ध गराउँदै आएको ‘स्क्यान एन्ड केयर’ योजनालाई डिजिटल माध्यमसँग जोडी सर्वसाधारण नागरिकसम्म बीमाको सहज, द्रुत र प्रविधिमैत्री पहुँच पुर्‍याउने उद्देश्यका साथ दुई कम्पनीबिच साझेदारी गरिएको हो ।

बीमा क्षेत्रलाई प्रविधिसँग जोड्न इसेवाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । विभिन्न जीवन तथा निर्जीवन बीमा कम्पनीहरूसँग सहकार्य गर्दै इसेवाले ग्राहकहरूलाई एकै ठाउँबाट बीमा शुल्क भुक्तानी, नयाँ पोलिसी खरिद तथा अन्य डिजिटल बीमा सेवाहरू सरल र सुरक्षित रूपमा प्रदान गर्दै आएको छ । आगामी दिनमा ग्राहकको पहुँचलाई थप सहज र व्यापक बनाउन डिजिटल माध्यमबाट बीमाको पहुँच विस्तार गर्ने इसेवाको लक्ष्य रहेको छ ।

प्रकाशित मिति : November 29, 2026 at 2:14 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/