१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

पत्रकार महासंघ नुवाकोटमा फेरि धाँधली ! निर्वाचन समितिका सदस्यले राजिनामा दिए

६ वैशाख, नुवाकोट । नेपाल पत्रकार महासंघ नुवाकोटको नेतृत्व कब्जा गर्ने नियतका साथ माअोवादी केन्द्र निकटका पत्रकारहरूले धाँधली गर्न खोजेपछि निर्वाचन समितिका एक सदस्यले विज्ञप्ति निकालेर राजिनामा दिएका छन । सोमबार निर्वाचन समितिका सदस्य राम श्रेष्ठले विज्ञप्ति नै प्रकाशन गरेर पुनः धाँधली हुन लागेको जानकारी गराउनुभएको छ ।

विज्ञप्तिमा भनिएको छ ‘यसै सन्दर्भमा गत चैत २५ गते तीन तहको निर्वाचन एकै पटक सम्पन्न गर्ने उद्देष्यले निर्वाचन प्रक्रिया अघि बढाउने क्रममा तत्कालीन जिल्ला कार्यसमितिका नेतृत्वकर्ता तथा निर्वाचनको अध्यक्षका उम्मेदवार समेत रहेका व्यक्ति मार्फत जसरी हुन्छ चुनाव जित्नको लागी अपनाएको हर्कतको प्रयासमा सम्मानित निर्वाचन समितिको प्रमुख निर्वाचन अधिकृत बशुराम रिजाल र सदस्य मध्येका अर्का सदस्य उत्तम घिमिरेको समेत प्रत्यक्ष मिलेमतोमा निर्वाचनको उम्मेदवारी दर्ता, उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशनको समयदेखि कैफियत गर्न सुरु गरेर निर्वाचनको समयमा प्रयोग गर्ने जिल्ला कार्यसमिति र केन्द्रीय प्रतिनिधि परिषद सदय पदको मतपत्रमा संकेत नं. उल्लेख गरेको लगायतका नर्वाचन प्रकृयाको चरणमा विभिन्न हदका अपराधका गतिविधि भएको र उक्त गतिविधि नगर्न मैले गरेको अनुरोधलाई बेवास्था गर्दै बहुमतको आधारमा निर्णय गरेर अघि बढेको जानकारी गराउदछौ।’

यो पनि पढाैँ

-पत्रकार महासंघ नुवाकोटको विवादः बदरमत गनेर अविर लगाउनेको पद चट

–पत्रकार महासंघ नुवाकोटको विवादित मतपत्र प्रहरी नियन्त्रणमा, भोलि काठमाडाैँ पठाइने

–पत्रकार महासंघ नुवाकोटको विवादित मतपत्र पूर्व अध्यक्षको घरमा भेटियो

–पत्रकार महासंघ नुवाकोटमा बदर मत गणना गरेर विजयी घोषणा, निर्वाचन रद्द गर्न उजुरी

उहाँले भन्नुभएको छ ‘निर्वाचनमा मतदातालाई निर्धक्कसंग मत जायर गर्न पाउने अवसरबाट बञ्चित गर्दै अपनाइएका अपराधक्का गतिविधि उपर चुनाव पश्चात निर्वाचित पदाधिकारी, निर्वाचनका अध्यक्ष सहितका उम्मेदवार लगायतबाट केन्द्रीय निर्वाचन समितिमा दिएको उजुरीको सम्मानित केन्द्रीय समितिबाट पुनः निर्वाचन गराउन दिएको निर्देशन पश्चात पनि पुनः निर्वाचन प्रक्रिया अघि बढाउने बाहनामा अपराधका योजनामा निर्वाचन समिति संलग्न हुन लागेको प्रति दुःख लागेको छ ।’

सदस्य श्रेष्ठले निर्वाचनलाई निश्पक्ष, स्वतन्त्र र धाधलीरहित रुपमा गराउने महत्वपूर्ण जिम्मेवारी पूरागर्न पाएको जिम्मेवारी कोही व्यक्ति विशेषको उम्मेदवार विजय गराउन कानूनी प्रक्रियातर्फ नभई योजनाबद्ध अपराधतर्फ अघि बढ्न थालेसगैं निर्वाचन समिति पुनः असक्षम हुने निश्चित देखेको बताउनुभएको छ । उहाँले सोही कारण आफूले पाएको जिम्मेवारीको सही भूमिका निर्वाह गर्न प्रमुख निर्वाचन अधिकृत र अर्का सदस्यको गलत नियतको कारण आफूपनि असक्षम भएको महशुस गर्दै राजिनामा दिएको बताउनुभएको छ ।

प्रकाशित मिति : April 19, 2021 at 11:59 am