निर्वाचनमा पुनः धाँधली भएपछि पत्रकार महासंघ नुवाकोटमा तालाबन्दी
७ वैशाख, नुवाकोट । विभिन्न पेशा र व्यवसायमा आवद्ध भएका व्यक्तिको बाहुल्यता भएको नेपाल पत्रकार महासंघ नुवाकोटमा पुनः धाँधली भएपछि तालाबन्दी भएको छ । मंगलबार प्रेस युनियन र प्रेस चौतारी नेपाल नेतृत्वको गठबन्धनबाट अध्यक्षका प्रत्याशीले पत्रकार महासंघ नुवाकोटको ढोकामा तालाबन्दी गरेका हुन ।

अबैधानिक निर्वाचन समिति मार्फत गराउन लागिएको चुनाव रोक्न माग गरिएको छ । ताला लगाएसगैँ बुधबार एक पक्षीय रुपमा अबैध निर्वाचन समितिले गराउन लागेको चुनाव संकटमा परेको छ । अध्यक्षका उम्मेदवार नारायणप्रसाद नेपाल र सोही प्यानलको उपाध्यक्षको उम्मेदवार एवं प्रेस चौतारी नुवाकोटको सहसंयोजक रुपा अर्याल सहित तथा अर्को प्यालनबाट उपाध्यक्षका उम्मदेवार तथा प्रेस युनियन नुवाकोटका अध्यक्ष समेत रहनु भएका नमराज सुवेदीसहितले भोलि हुने निर्वाचन रोक्न माग गर्नुभएको छ ।

उम्मेदवारहरु र पत्रकारहरु आबद्ध विभिन्न पेशागत संगठनले अहिलेको निर्वाचन समितका संयोजक रहेका बशुराम रिजाल र सदस्य उत्तम घिमिरेले जसरी भएपनि अध्यक्षका उम्मेदवार कपिललाई जिताउने प्रपञ्च यसअघि गरेको पुष्टि भएर निर्वाचन रद्द भएको र अलिहे पनि उनीहरु पहिल्यै केही उम्मेदवार विजयी गराउने प्रपञ्चमा लागेका छन ।
यो पनि पढ्नुहोस्
-पत्रकार महासंघ नुवाकोटमा फेरि धाँधली ! निर्वाचन समितिका सदस्यले राजिनामा दिए
-पत्रकार महासंघ नुवाकोटको विवादः बदरमत गनेर अविर लगाउनेको पद चट
–पत्रकार महासंघ नुवाकोटको विवादित मतपत्र प्रहरी नियन्त्रणमा, भोलि काठमाडाैँ पठाइने
–पत्रकार महासंघ नुवाकोटको विवादित मतपत्र पूर्व अध्यक्षको घरमा भेटियो
–पत्रकार महासंघ नुवाकोटमा बदर मत गणना गरेर विजयी घोषणा, निर्वाचन रद्द गर्न उजुरी
प्रकाशित मिति : April 20, 2021 at 7:58 pm



