१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

माधव नेपालहरूको असन्तुष्टिमा शंकर पोखरेलको जवाफः कथा कुथुंग्री कथ्नुको अर्थ छैन

११ भदाै, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालसहित केही नेताले महासचिव विष्णु पाैडेलको संयोजकत्वमा गठित कार्यदलको प्रतिवेदनमा सार्वजनिक रूपमा असन्तुष्टि जनाएपछि कार्यदलका सदस्यहरूले जवाफ दिन थालेका छन । पार्टी अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित भएसँगै भागवण्डाका नाममा बिभिन्न बहाना गरेर असन्तुष्टि पोख्दै आएका नेपाल र उनी निकट नेताहरूले कार्यदलले दिएको प्रतिवेदनमा चरम असन्तुष्टि जनाएका छन ।

नेता नेपालसहितको असन्तुष्टि सार्वजनिक भएसँगै कार्यदलका सदस्य समेत रहेका प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कथा कुथुंग्री कथ्नुको अर्थ नभएको जवाफ दिएका छन । सामाजिक सञ्जाल फेसबुक मार्फत मुख्यमन्त्री पोखरेलले भनेका छन ‘पार्टीमा सहमती खोज्ननै कार्यदल गठन भएको थियो । सबैको योगदानवाट सर्वसम्मत प्रतिवेदन तयार भएको छ । कथा कुथुंग्री कथ्नुको अर्थ छैन ।′

कार्यदलले ओलीले अर्को निर्वाचन गराएर मात्रै सरकार छाड्ने र अर्का पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा अलि बढी सक्रियता देखाएर महाधिवेशनको तयारीमा लाग्ने गरी निष्कर्षसहितको सुझाव दिएको छ । ओलीको पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजिनामा चाहिन्छ भनेर विभिन्न ठाउँमा गुटको बैठक गर्दै हिडेँको समूहको कार्यदलको सहमतिको प्रस्तावले रन्थनिएको छ ।

यो पनि पढ्नुहोस्

नेकपाको कार्यदलले ओली-प्रचण्डलाई बुझायो प्रतिवेदन

नेकपाको एकता कायम रहेमात्र देशको स्वाभिमान रक्षा सहज (कार्यदलको प्रतिवेदनसहित)

नेकपाले एकताको राष्ट्रिय महाधिवेशन चैतमा गर्ने, यस्तो छ ६ बुँदे कार्ययोजना

नेकपामा पार्टीलाई विस्थापति गर्न खोज्ने गुट समाप्त ! अब पार्टी अनुशासन कायम होला ?

प्रकाशित मिति : 08:28