५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

नेकपामा पार्टीलाई विस्थापति गर्न खोज्ने गुट समाप्त ! अब पार्टी अनुशासन कायम होला ?


-पवित्रा मुडभरी 

९ भदाै, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सबैभन्दा ठूलो पार्टी हुनुको नाताले अन्तरसंघर्ष हुनुलाई अस्वभाविक मान्न सकिन्न । तर पार्टीभित्रको गुटले झण्डै पार्टीलाई नै विस्थापन गर्ने चरणमा पुगेको विषय विवाद समाधान कार्यादलले समेत उल्लेख गरेको पाइएको छ ।

पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको सहमतिमा साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठन गरेको ६ सदस्यीय कार्यदलले आफ्नो प्रतिवेदनमा पार्टी फुटाउने गरी भएका गुटका बैठक र भेलाका बारेमा अराजकताको संज्ञा दिँदै नियन्त्रण गर्नुपर्ने सुझाव दिएको छ । भैँसेपाटी, खुमलाटार, कोटेश्वर हुँदै अगेनोसम्म भएका गुट बैठक र भेलातर्फ संकेत गर्दै कार्यदलले यस्ता बैठकहरू नियन्त्रण गर्नुपर्ने सुझाव पार्टी नेतृत्वालाई दिएको छ ।

संयोग पनि के परेको छ भने ती गुटका भेला र छलफलमा सहभागी भएर पार्टी एकतालाई नै अफ्ठेरोमा पार्ने गतिबिधिमा संलग्न हुनुभएकाै नेताहरू समेत सहभागी कार्यदलले तीनै गुटका भेला र छलफल रोक्न सुझाव दिएको छ । कार्यदलको प्रतिवेदनमा भनिएको छ ‘आन्तरिक विवादका कारणले यतिबेला पार्टी अनुशासनलाई गुट अनुशासनले र पार्टीलाई गुटले विस्थापित गर्न खोज्दै छ । गुट–गुटका अलग–अलग बैठक बस्ने, निर्णय गर्ने र सार्वजनिक रुपमा आरोप–प्रत्यारोपमा उत्रिने जस्ता गलत अभ्यासहरु भईरहेका छन् । गुटवन्दीको असर पार्टी र तीनै तहको सरकारको काममा देखिनथालेको छ ।’

कार्यदलले विधि र पद्धति बलियो बनाउन गुटबन्दी अन्त्य हुनुपर्नेमा जत्रड दिएको छ । प्रतिवेदनमा भनिएको छ ‘हामीले एकातीर पार्टीमा विधि, पद्धतीलाई कडाईका साथ स्थापित गर्दै संस्थागत रुपमा निर्णय गर्ने प्रणालीलाई बलियो गरी आत्मसात् गर्नुपर्दछ भने अर्कोतर्फ पार्टीमा देखापरेका अनेकता, अराजकता, अनुशासनहीनता र गुटवन्दीपूर्ण कृयाकलापलाई कडाईका साथ नियन्त्रण गर्नुपर्दछ । पार्टीको नीति, नेता र कार्यकर्ताका विरुद्ध सामाजिक सञ्जालमा जथाभावी लेख्नेर पार्टी हित विपरीत गतिविधि गर्ने प्रवृत्तिलाई रोक्नु पर्दछ । गुटवन्दीपूर्ण त्यस्ता कृयाकलापलाई सम्पूर्ण रुपमा अन्त्य गर्न जिम्मेवार कमरेडहरु स्वयम्तयार हुनुपर्दछ र अरु सम्बद्ध सबैलाई तयार गर्नुपर्दछ ।’

यो पनि पढ्नुहोस्

-नेकपाले एकताको राष्ट्रिय महाधिवेशन चैतमा गर्ने, यस्तो छ ६ बुँदे कार्ययोजना

नेकपाको एकता कायम रहेमात्र देशको स्वाभिमान रक्षा सहज (कार्यदलको प्रतिवेदनसहित)

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलवार १०:१३