१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

संसदमा नयाँ वरियता कायम, सत्तापक्षको पहिलो नम्बर सिटमा प्रचण्ड

४ जेठ, काठमाडौं । एमाले र माओवादी केन्द्रबीच विहिवार पार्टी एकता भएपछि संसदमा आज सोही अनुसार वरियता क्रम मिलाइएको छ । नवगठित नेपाल कम्युनिष्ट पार्टीका सांसदहरुको नयाँ बरियता कायम गरिएको हो ।


जसअनुसार सत्तापक्षको सिटमा अध्यक्ष पुष्पकमल दाहाल पहिलो नम्बरमा बसेका हुन् । दाहालपछि वरिष्ठ नेता माधवकुमार नेपाल बुेका थिए । हाल चिनमा रहेका झलनाथ खनालको सिट भने खाली रहेको छ ।

नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली भने सरकारका लागि छुट्याएको सिटमा रहने भएकाले सत्तापक्षको सिटमा दाहाल पहिलो नम्बरमा बसेका हुन् ।

नेकपाका नेता देव गुरुङले सत्तापक्षले आफ्नो सिटमा पार्टी वरीयताअनुसार नै बसेको बताए । यसअघि माओवादी केन्द्रका सांसद बस्ने सिटमा भने पहिलो नम्बरमा देव गुरुङ र त्यसपछि स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे बसेका थिए ।

प्रकाशित मिति : ४ जेष्ठ २०७५, शुक्रबार १६:१७