१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

आगामी चुनावमा नेकपालाई तीन चौथाई मतः ओली (भिडियोसहित)

३ जेठ, काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा नेपाल कम्युनिष्ट पार्टीले एक्लैले तीन चौथाई मत ल्याउने बताएका छन । नेपाल कम्युनिष्ट पार्टीको घोषणासभामा बोल्दै प्रधानमन्त्री ओलीले कम्युनिष्ट पार्टीका लागि दुई तिहाइ बहुमत सामान्य भइसकेको बताएका हुन् ।

उनले भने ‘कम्युनिष्ट पार्टीका लागि दुई तिहाइ सामान्य जोडघटाउ मात्रै हो । आगामी चुनाव दुई तिहाइको कुरा होइन कम्तीमा तीन चौथाई मत पक्का आउँछ ।’ प्रधानमन्त्री ओलीले ओली र प्रचण्डको दुई तिर फर्किएको फोटो छाप्नेहरुलाई गतिलो जवाफ दिएको बताए । भिडियो साैजन्यः न्युजएजेन्सी नेपाल

 सुन्नुहोस अोलीको भाषण (भिडियो अन्तिममा अोलीको  मन्तव्य रहेको छ)

प्रकाशित मिति : ३ जेष्ठ २०७५, बिहीबार १९:५२