१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

एकताको खुशीयालीमा अाेली र प्रचण्डसहितका नेताले बालुवाटारमा राेपे बिरूवा

३ जेठ, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मदन आश्रित स्मृति दिवश तथा पार्टी एकताको खुशीयालमा आज बालुवाटारमा वृक्षारोपण गरेका छन ।

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले एक/एक वटा जिन्को वाइलोवा नामको विरुवा रोप्नेका हुन । पार्टी एकता संयोजन समितिका अन्य नेताहरूले पनि विभिन्न फलफूल तथा जडिबुटीका विरुवा रोपेका थिए । जीन्को वाइलोलाई विश्वको पुरानो बनस्पति मानिन्छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७५, बिहीबार ११:५८