१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

एमाले–माअोवादीका अाजका ६ महत्वपूर्ण कार्यक्रम, कुन समयमा कहाँ के हुँदै छ ?

३ जेठ, काठमाडाैँ । नेकपा एमाले र नेकपा माअोवादी केन्द्रका बीचमा अाज एकीकरण गरेर नयाँ पार्टी घोषणा हुँदै छ । याे नेपाली कम्पुनिष्टहरूका लागि एेतिहासिक अवसर पनि हो । अाज दुर्इ पार्टीका यस्ता छन कार्यसूची ।

बिहान ७ः३० बजे

बल्खुमा रहेको मदन भण्डारीको सालिकमा माल्यार्पण

आज बिहान ७ः३० बजे जननेता मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवसको अवसरमा एमालेले बल्खुमा कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा प्रमुख वक्ता प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले पार्टी एकताका विषयमा महत्वपूर्ण घोषणा गर्नेछन् ।

बिहान १०ः०० बजे

पार्टी एकता संयोजन समितिकाे बैठक

प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहान १० बजे नेकपा एमाले र नेकपा माअाेवादी केन्द्रका शीर्ष नेता सम्मिलित पार्टी एकता संयोजन समितिको बैठक बस्दै छ । दुई अध्यक्षबीच सहमति भइसकेको एकतासम्बन्धी राजनीतिक र सांगठनिक प्रतिवेदनलाई संयोजन समितिले अनुमोदन गर्नेछ । दुवै पार्टी विघटन गरी ‘नेपाल कम्युनिस्ट पार्टी’ गठनको निर्णय हुनेछ ।

११ः०० बजे

एमाले केन्द्रीय कमिटीकाे अन्तिम बैठक

१ः०० बजे

माओवादी सचिवालय अन्तिम बैठक 

पार्टी एकता संयोजन समितिको निर्णय अनुमोदनका लागि बिहान ११ बजे एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । त्यस्तै माओवादीले दिउँसो १ बजे सचिवालय बैठक बोलाएको छ । दुवै पार्टीका बैठकले पार्टी विघटन गरी एकीकरणको निर्णय गर्दैछन ।

३ः०० बजे

दुवै पार्टीको संयुक्त बैठक

दुवै पार्टीले एकता अनुमोदन गरेलगत्तै संयुक्त बैठक बस्ने तयारी छ । दुवै पार्टीका नेताहरू बैठकमा सहभागी हुनेछन् । जसमा एमालेका केन्द्रीय कमिटी र माअाेवादीका सचिवालयका नेताहरू सहभागी हुनेछन ।

४ः०० बजे

निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता

एकता संयोजन समिति र दुवै पार्टीको केन्द्रीय कमिटी बैठकको निर्णयपछि एकीकरणको निर्णयसहित नेपाल कम्युनिस्ट पार्टी दर्ताका लागि निर्वाचन आयोगलाई पत्राचार गर्ने तयारी छ र अाजै नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा दर्ता हुने छ ।

५ः०० बजे

पत्रकार सम्मेलन

निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता भएपछि नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट अपरान्ह ५ बजे राष्ट्रिय सभा गृहमा पत्रकार सम्मेलन गरी औपचारिक रूपमा जानकारी दिइनेछ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७५, बिहीबार ०७:५७