२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

सरकारविरूद्धको प्रचण्ड तुरूपमा बोले झलनाथः सरकारले काम गरेकै छ किन चाहियो संयन्त्र ?

३० चैत, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) यतिखेर पार्टीका एक जना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभियक्तिमा तरंगित बनिरहेको छ । प्रचण्डले वेमाैसको बाजा बजाउँदै सरकारविरूद्ध राजनीतिक संयन्त्रको तुरूप इमेज टेलिभिजनको कुराकानीमा फ्याँकेका थिएँ ।

प्रचण्डको उक्त राजनीतिक संयन्त्रको प्रस्तावको नेकपा भित्रै सबैन्दा ठूलो बिरोध भैरहेको छ । नेकपाका अधिकाशं कार्याकर्ताले प्रचण्डको काटु आलोचना गर्दै वेमौसको बाजा बजाउँदै नहिड्न अनुरोध गरेका छन । शनिबार प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले पनि सरकारले गरिरहेको काम प्रभावकारी नरहेको भन्दै संयन्त्रको पछि नलाग्न अनुरोध गरेका थिए ।

आइतबार पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा तेस्रो वरियताका वरिष्ठ नेता झलनाथ खनालले बाह्रखरीसँग कुरा गर्दै संयन्त्र अावश्यक नरहेको बताएका छन । उनले सरकारले प्रभावकारी रूपमा काम गरिरहेको भन्दै कोरोना रोकथाम, नियन्त्रणका लागि सर्वदलीय समिति आवश्यक नरहेको बताए ।

खनालले पार्टीभित्र यसबारे कुनै कुराकानी नभएको र अहिले भैरहेको बहसको कुनै औचित्य नरहेको बताए । उनले प्रश्न गर्दै भनेका छन अहिले सरकारले नै काम गरिरहेको छ किन चाहियो त्यसप्रकारको संरचना ? केही दिनअघि नेकपाकै प्रभावशाली युवा नेता एवं पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रचण्डको प्रस्ताव सिधै खारेज गर्न माग गरेका थिए ।

प्रकाशित मिति : April 12, 2020 at 3:29 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/