प्रचण्डलाई ओलीको जवाफः कोरोनाविरूद्ध लड्न सरकार भन्दा बाहेक कुनै संयन्त्र आवश्यक छैन
२९ चैत, काठमाडाैँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले कोरोनाविरूद्ध लड्न सरकार भन्दा बाहेक कुनै संयन्त्र आवश्यक नरहेको स्पष्ट पार्नु भएको छ । शनिबार सातै प्रदेशका मुख्यमन्त्रीहरूसँगको भिडिओ कन्फ्रेन्समा प्रधानमन्त्री ओलीले कोरोना रोकथाम र नियन्त्रणका लागि सरकार स्वयंले प्रभावकारी काम गरिरहेको बताउनुभयाे ।

एक दिनअघि नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इमेज टेलिभिजन मार्फत कोरोनाविरूद्धको अभियान अझै प्रभावकारी बनाउन उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनु पर्ने बताउनुभएको थियो । त्यसैको जवाफ स्वरूप प्रधानमन्त्री ओलीले कोरोनाको विरूद्धमा लड्न अहिले सरकार नै काफी रहेको बताउनुभएको हो ।
प्रचण्डको प्रस्ताव समाजवादी पार्टीका डा बाबुराम भट्टराइ, साझा पार्टीका रविन्द्र मिश्र र नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतको जस्तो हावादारी भएको भन्दै सामाजिक सञ्जालमा भने चर्को बिरोध भैरहेको छ । संयन्त्र भन्दा पनि सबैले सरकारलाइ सहयोग गर्नुपर्ने भन्दै कांग्रेस र राजपाका अधिकांश नेताले सामाजिक सञ्जालमा टिप्पणी व्यक्त गरेका छन ।
प्रकाशित मिति : 16:48









