१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

सरकारविरूद्धको प्रचण्ड तुरूपमा बोले झलनाथः सरकारले काम गरेकै छ किन चाहियो संयन्त्र ?

३० चैत, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) यतिखेर पार्टीका एक जना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभियक्तिमा तरंगित बनिरहेको छ । प्रचण्डले वेमाैसको बाजा बजाउँदै सरकारविरूद्ध राजनीतिक संयन्त्रको तुरूप इमेज टेलिभिजनको कुराकानीमा फ्याँकेका थिएँ ।

प्रचण्डको उक्त राजनीतिक संयन्त्रको प्रस्तावको नेकपा भित्रै सबैन्दा ठूलो बिरोध भैरहेको छ । नेकपाका अधिकाशं कार्याकर्ताले प्रचण्डको काटु आलोचना गर्दै वेमौसको बाजा बजाउँदै नहिड्न अनुरोध गरेका छन । शनिबार प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले पनि सरकारले गरिरहेको काम प्रभावकारी नरहेको भन्दै संयन्त्रको पछि नलाग्न अनुरोध गरेका थिए

आइतबार पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा तेस्रो वरियताका वरिष्ठ नेता झलनाथ खनालले बाह्रखरीसँग कुरा गर्दै संयन्त्र अावश्यक नरहेको बताएका छन । उनले सरकारले प्रभावकारी रूपमा काम गरिरहेको भन्दै कोरोना रोकथाम, नियन्त्रणका लागि सर्वदलीय समिति आवश्यक नरहेको बताए ।

खनालले पार्टीभित्र यसबारे कुनै कुराकानी नभएको र अहिले भैरहेको बहसको कुनै औचित्य नरहेको बताए । उनले प्रश्न गर्दै भनेका छन अहिले सरकारले नै काम गरिरहेको छ किन चाहियो त्यसप्रकारको संरचना ? केही दिनअघि नेकपाकै प्रभावशाली युवा नेता एवं पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रचण्डको प्रस्ताव सिधै खारेज गर्न माग गरेका थिए

प्रकाशित मिति : April 12, 2020 at 3:29 pm