१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

अपराधमा संलग्न सांसदलाई निलम्बन गर्ने प्रस्ताव अाए संसद अबरोध गर्ने कांग्रेसको चेतावनी

२ जेठ, काठमाडौं । नेपाली कांग्रेस हत्या, बलात्कार, भ्रष्टाचार लगायत नैतिक पतन ठहरिने कसुरमा संलग्न हुने सांसदको रक्षाका निम्ति खुलेरै संसदमा प्रस्तुत हुनेभएको छ ।

कांग्रेसले हत्या, बलात्कार, भ्रष्टाचार लगायत नैतिक पतन ठहरिने कसुरमा निलम्बन गर्ने गरी संसदको नियमावली पेश भए संसद अबरोध गर्ने चेतावनी दिएको छ । उसले ‘प्रतिपक्षीय’ भूमिकाको चेतावनी दिएपछि प्रतिनिधिसभा नियमावली आज संसदमा पेश हुन सकेन ।

सभामुख कृष्णवहादुर महराले बोलाएको कार्य व्यवस्था परामर्श समितिको बैठकमा कांग्रेस नेताहरुले सांसद निलम्बनको प्राबधान राख्न नहुने अडान लिएका छन ।

कांग्रेस सांसदले बहुमतले पारित गर्न खोजिए संसद अवरोध गर्ने चेतावनी दिएका छन । एमालेले भने हत्या, बलात्कार, भ्रष्टाचार लगायत नैतिक पतन ठहरिने कसुरमा सांसद पक्राउ परेमा स्वतः निलम्बनको व्यवस्था गर्नुपर्ने बताउँदै आएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७५, बुधबार १४:२९