१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

पार्टी एकताको निर्णय लिन एमाले केन्द्रीय कमिटीको अाकस्मिक बैठक भोलि बिहान ११ बजे

२ जेठ, काठमाडाैँ । नेकपा (एमाले)ले केन्द्रीय कमिटीको आकस्मिक बैठक बेलाएको छ । एमालेले भोलि जेठ ३ गते बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाएको हो ।

पार्टी एकता निर्णायक मोडमा पुगेको अवस्थामा एमालेले केन्द्रीय कमिटीको अाकस्मिक बैठक बोलाएको हो । केन्द्रीय कमिटीको नवाैं बैठकमा पार्टी एकताको कार्यसूची तय गरिएको एमालेले जनाएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७५, बुधबार १४:०२