४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

चितवनमा बसको ठक्करबाट धनमाया गुरुङको मृत्यु

२ जेठ, चितवन । चितवनको इच्छाकामना गाउँपालिका–७ सिमलढापमा बसको ठक्करबाट पैदलयात्री ७० वर्षीया धनमाया गुरुङकाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुरबाट मुग्लिनतर्फ जाँदै गरेको ना ५ ख ३१३८ नम्बरको बसको ठक्करबाट स्थानीय पैदलयात्री मृत्यु भएको हो ।

मंगलबार भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी गुरुङको उपचारका क्रममा चितवन मेडिकल कलेजमा साँझ नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

इच्छाकामना–७, सिमलढापमा उक्त बसले यात्रु झारेर अगाडि बढ्न लाग्दा पैदल हिँडिरहेकी उनलाई ठक्कर दिएको थियो । ठक्कर दिने बस र चालक नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ । उनको शवलाई अहिले भरतपुर अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७५, बुधबार ०९:३९