नेकपाको विशेष परिपत्रः सरकारको प्रभावकारी कदमले कोरोनाले महामारीको रूप लिन पाएको छैन
१५ चैत, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सम्पूर्ण नेता कार्यकर्ता र जनवर्गीय संगठनका लागि ७ बुँदे विशेष परिपत्र जारी गरेको छ । परित्रपमा नेकपाले कोरोनाविरूद्ध सरकारले चालेका कदम प्रभावकारी भएको र सरकारको तयारी र सतर्कता र सुझबुझपूर्ण निर्यणका कारण नै कोरोनाको महामारी फैलिन नपाएको उल्लेख गरिएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको परिपत्रको तल पढ्न सक्नुहुन्छ ।


प्रकाशित मिति : 10:15









