कोरोना विरुद्धको लडाइँमा राज्यको सम्पूर्ण क्षमता परिचालनमा कुनै कमी छैनः सचेतक भट्टराई
१५ चैत, काठमाडाैँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट राष्ट्रिय सभाको मुख्य सचेतक रहेका खिमलाल भट्टराईले कोरोना विरुद्धको लडाइँमा राज्यको सम्पूर्ण क्षमता परिचालनमा कुनै कमी नरहेको बताएका छन । शनिबार बिहान सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै मुख्य सचेतक भट्टराईले अहिलेसम्म कोरोना नियन्त्रणका लागि सरकारले गरेका काम प्रशंशनीय रहेको उल्लेख गरेका छन ।

उनले भनेका छन ‘भानुभक्त ढकाल आफुलाई लागेको कुरा ढुक्कसँग राख्न सक्ने र काममा सम्पुर्ण तागतले लाग्ने नेता हुन् । कोरोना विरुद्धको लडाइँमा पनि राज्यको सम्पूर्ण क्षमता परिचालनमा कुनै कमी छैन ।’ मुख्य सचेतक भट्टराईले थप भनेका छन ‘अहिले सम्मको नियन्त्रण र सुरक्षा सरकार र उनै स्वास्थ्य मन्त्री भानुभक्त ढकालको सुझबुझ पुर्ण निर्णय, लगन, परिचालन र जनताको सहयोगको परिणाम हो । यद्यपि व्यवस्थापन र परिचालनमा रहेका कमी हटाउन अझै सकृय हुन जरुरी छ ।’
उनले मन्त्री ढकालविरुद्धका अभिव्यक्ति आग्रहपूर्ण र अल्प सुचनामा आधारित रहेको समेत बताएका छन । मुख्य सचेतक भट्टराईले कम्तीमा संकटको बेला अवान्छित खेल बन्द गर्न अनुरोध गरेका छन । उनले एकपटक विकसित भनिएका देशहरुको अवस्था हेर्न नेपालको बारेमा कुरा गर्न पनि अनुरोध गरेका छन । उनले भनेका छन ‘हामी ले जे गरेका छौ ठीक गरेका छौ । थप राम्रो गरौ । आफुमा रहेको सकारात्मक कुरा देख्न नसक्ने, नकारात्मक कुरालाई तिललाई पहाड बनाउने प्रवृत्तिले हाम्रो भलो गर्दैन, अलिकति सोचौँ ।’
प्रकाशित मिति : 08:51









