१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

काम गरिरहेका मन्त्रीलाई लखेटेर संकटमा राजनीतिक स्वार्थ पूरागर्न खोज्नेबाट बचाैँः नेता रिजाल

१५ चैत, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता विष्णु रिजालले काम गरिरहेका मन्त्रीलाई लखेटेर संकटमा राजनीतिक स्वार्थ पूरागर्न खोज्नेबाट बच्नुपर्ने बताएका छन । उनले सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै भनेका छन ‘काम गरिरहेका मन्त्रीलाई लखेटेर संकटमा राजनीतिक स्वार्थको रोटी सेकाउन खोज्नेबाट सावधान हुन जरुरी छ ।’

नेता रिजालले सामाजिक सञ्जालमा काम गर्न पाएकै छैन, लखेट्न कति हतार हो ? भन्दै यस्तो लेखेका छन

सबैलाई थाहा छ, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल स्वास्थ्यको विज्ञ होइन र सबै कुरा थाहा नहुनु अन्यथा होइन । रात-दिन खट्नुभएको छ, राज्यका सीमा, स्रोत र साधनले भ्याएसम्म नागरिकलाई बचाउन हरसम्भव कोसिस गरिरहनुभएको छ । मन्त्रीले चाहनेवित्तिकै रातारात पीपीई बन्छ, अस्पताल तयार हुन्छन् र सबै मानिसको परीक्षण हुन्छ जस्तो गरी भ्रम सिर्जना गर्नुका पछाडि अहिले पनि स्वास्थ्य क्षेत्र (स्वास्थ्य मन्त्रालयमा समेत) पकड जमाइरहेको गिरोहको हात छ ।
पक्कै पनि कोरोना जस्तो महामारीका विरूद्ध लड्नका लागि हामीले धेरै कोसिस गर्नुछ । तर, काम गरिरहेका मन्त्रीलाई लखेटेर संकटमा राजनीतिक स्वार्थको रोटी सेकाउन खोज्नेबाट सावधान हुन जरुरी छ ।

प्रकाशित मिति : 09:21