१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

स्वास्थ्य क्षेत्र लिलामीमा चढ़ाएर निजी क्षेत्रलाई पोस्नेहरू अहिले रूदैँछनः पूर्वमन्त्री बस्नेत

१४ चैत, काठमाडाैँ । नेपाल कम्युिनिस्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता एवं पूर्वमन्त्री महेश बस्नेतले स्वास्थ्य क्षेत्रको सुधारमा स्वास्थय तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले उल्लेख्य काम गरेको बताएका छन । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा एउटा लामो टिप्पणी लेख्दै भक्तपुर २ का प्रतिनिधिसभा सदस्य समेत रहेका बस्नेतले ढकालले विपतको वेलामा २४ सै घण्टा खटिएर काम गरेको देखेर केही मान्छेहरू अतालिएको बताएका छन ।

नेता बस्नेतले प्राय जसो नेता स्व-क्वारेन्टाइनमा रहेको समयमा पनि भानुभक्त ढकाल दिनरात नभनि फिल्डमै रहेको बताउँदै हिजो स्वास्थ्य क्षेत्रलाई लिलामीमा चढ़ाएर निजी क्षेत्रलाई पोस्नेहरूले अप्ठ्यारोमा पारेर धकेल्न पाईन्छ कि भनेर नसोचे हुने चेतावनी दिएका छन । उनले स्वास्थ्य निजीक्षेत्रलाई लिलामीमा चढ़ाउनेहरू रूनु राम्रो नहुने सुझाव समेत दिएका छन ।

बस्नेतले यस्तो लेखेका छन

स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, विपतको वेलामा २४ सै घण्टा खटेकाे देखिएको छ। प्राय जसो नेता अहिले स्व- क्वारेन्टाइन मा हुँदापनी उहाँ दिनरात फिल्डमै हुनु हुन्छ । नीति निर्माण गरि स्वास्थ्य संस्थाहरू संग समन्वय भै रहेकै छ। मूलुक भित्र र विदेशवाट सहयोग जुटी रहेको छ। मन्त्री स्पस्ट वक्ता हुनु हुन्छ,देखेको कुरा भन्ने वानी छ।अनि किन पूर्वाग्रह ? हिजो स्वास्थ्य क्षेत्रलाई लिलामीमा चढ़ाएर निजी क्षेत्रलाई पोस्नेहरूले रोईलो नगरेको जाती।अप्ठ्यारोमा पारेर धकेल्न पाईन्छ कि भनेर नसोचे हुन्छ।

प्रकाशित मिति : 22:51