११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

स्वास्थ्यमन्त्री ढकाल निर्णय क्षमता भएका नेता हुन, धैर्य गराैँ परिणाम देखिन्छः मुख्यमन्त्री पोखरेल

१४ चैत, काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको निर्णय क्षमताको प्रशंशा गर्दै प्रदेश ५ मुख्यमन्त्री शंकर पोखरेलले अकल्पनीय परिस्थितिमा केही समय धैर्य गर्न अनुरोध गरेका छन । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा छोटो स्टाटस लेख्दै मुख्यमन्त्री पोखरेलले मन्त्री ढकाल स्पष्ट वक्ता र निर्णय क्षमता भको नेता भएको उल्लेख गरेका छन ।

उनले लेखेका छन ‘स्वास्थ्यमन्त्री भानुभक्त ढकाल स्पष्ट वक्ता र निर्णय क्षमता भको नेता हो। अकल्पनीय परिस्थितीमा केही समय धैर्य गरौं परिणाम देखिनेछ।’ ढकालले स्वास्थ्य क्षेत्रको विकृित हटाउँदै सुधारका काम सुरू गरेपछि उनीविरूद्ध मिसन नै बनाएर केही समूहले दुष्प्रचार गरिरहेका छन ।

प्रकाशित मिति : March 27, 2020 at 10:20 pm