११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

संकटका बेला पछि हट्नु निजी अस्पतालको कायरता होः पूर्व राजा ज्ञानेन्द्र

१३ चैत, काठमाडाैँ । पूर्वराजा ज्ञानेन्द्र शाहले संकटका बेला पछि हट्नु निजी अस्पतालको कायरता भएको बताएका छन । बिहीबार एक ट्वीटमार्फत पूर्व राजा शाहले निजी अस्पतालहरूले देखाएको रवैयाको चर्को आलोचना गरेका छन् ।

उनले भनेका छन ‘कोरोना भाइरसको बढ्दो प्रभावले संकटमा रहेका बेला देशभित्र संचालनमा रहेका सरकारी मात्र नभै सबै निजीस्तरका स्वास्थ्य संस्थाले समेत आम नागरिकलाई पहिलो प्राथमिकता दिनै पर्छ, संकटका बेलापछि हट्नु, कुनै भेदभाव गर्नु कायरतापूर्ण हुनेछ ।’

प्रकाशित मिति : March 26, 2020 at 10:32 pm