पूर्वमन्त्री बाँस्कोटाले कोभिड-१९ रोक्ने अभियानको सरकारी कोषमा एक महिनाको तलब दिने
१० चैत, काठमाडाैँ । पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाले ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ लाई एक महिना बराबरको पारिश्रमिक प्रदान गर्ने भएका छन । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त कोष स्थापनाको निर्णय गरेको थियो ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोगको सङ्क्रमणलाई फैलिन नदिन तथा सोको रोकथाम एवम् नियन्त्रणका लागि नेपाल सरकारद्वारा स्थापित कोषमा पूर्वसञ्चारमन्त्रीले एक महिना महिनाको पारिश्रमिक जम्मा गर्ने ट्विट मार्फत जानकारी दिएका छन ।
उनले ट्वीटमा भनेका छन “जस्ले जसरि लिउन त्याे उनकाे आग्रह वा बुझाईकाे सिमा भित्रकाे विषय हाे तर मेरो एक महिना काे तलब काेरना बिरुध्दकाे सरकारी काेषमा जम्मा गर्ने निर्णय गरेकाे छु ।”
प्रकाशित मिति : March 23, 2020 at 10:10 pm









