२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

सरकारको कोरोना कोषमा प्रत्येक सांसदले एक महिनाको तलब जम्मा गर्न नेता थापाकाे आग्रह

१० चैत, काठमाडाैँ । नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले सरकारको कोरोना कोषमा प्रत्येक सांसदले एक महिनाको तलब जम्मा गर्न आग्रह गरेका छन्। नेता थापाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सबैले विपदमा श्रोत जुटाउन सरकारको साथमा रहेको भन्दै आश्वास्त गर्न पनि आग्रह गरेका हुन्। उनले लेखेका छन्, ‘सरकारको कोरोना कोषमा हामी प्रत्येक सांसदको एक महिनाको तलब जम्मा गरौं।

जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई आश्वस्त पारौँ।’ त्यस्तै उनले सरकारले पनि विपदमा नागरिकलाई अप्ठ्यारो पर्न दिने छैन भन्ने गरी आश्वास्त गर्नुपर्ने उल्लेख गरेका छन्। उनले थप लेखेका छन्, ‘सरकारले पनि यो विपदमा एकजना नागरिकलाई पनि अप्ठ्यारो पनैदिने छैन भनेर आश्वस्त पारोस्।’

प्रकाशित मिति : March 23, 2020 at 11:16 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/