१६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026

प्रधानमन्त्री ओलीद्धारा मन्त्रिपरिषद बैठक आह्वान

९ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बाेलाउनुभएकाे छ । मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीले पहिलो पटक मन्त्रीपरिषद् बैठक बाेलाउनुभएकाेहाे ।

अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि चालिएका कदमको कार्यान्वयन पक्ष र सतर्कताका लागि थप निर्णय हुने बताइएकाे छ ।

प्रधानमन्त्री ओलीले कोरोनाको जोखिम न्यूनिकरणका लागि शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै अत्यावस्यकबाहेकका कार्यालय बन्ददेखि अन्तर्राष्ट्रिय हवाई उडान स्थगनसम्मको घोषणा गर्नुभएकाे थियाे । यसअघि प्रधानमन्त्री ओली अस्पताल भर्ना हुन अघि फागुन १८ गते मन्त्रीपरिषद्को बैठक बसेको थियो ।

प्रकाशित मिति : 13:29