१० असार २०८३, बुधबार | Thu Jun 25 2026

कोरोनाको सङ्क्रमणबाट बच्न सावधानी अपनाउँः मुख्यमन्त्री पौडेल

८ चैत, हेटाैँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशवासी तथा देश विदेशमा रहेका नेपालीलाई कोभिड–१९ को सङ्क्रमण विश्वव्यापी बनिरहेको भन्दै यसको सङ्क्रमणबाट बच्न सावधानी अपनाउन अनुरोध गर्नुभएको छ ।

मुख्यमन्त्री पौडेलले आज एक सन्देश प्रकाशित गर्दै उक्त भाइरसलाई नेपालमा भित्रिनै नदिन नेपाल सरकार, वाग्मती प्रदेश सरकार तथा मातहतका निकाय लागेका बेला हामी सबै नागरिकको समेत साथ आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।

सो भाइरसलाई नेपालमा भित्रिनै नदिन नेपाल सरकार वाग्मती प्रदेश सरकार तथा मातहतका निकाय लागेका बेला हामी सबै नागरिकको समेत साथ आवश्यक छ । “त्यसैले सङ्घीय सरकार एवं वाग्मती सरकारले यसअघि गरेका अनुरोध तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनमार्फत गर्नुभएको आग्रहअनुसार आफ्ना दैनिक क्रियाकलाप सञ्चालन गर्नुहुन सबैमा अनुरोध गर्दछु”, मुख्यमन्त्री पौडेलद्वारा प्रकाशित सन्देशमा उल्लेख छ ।

प्रकाशित मिति : March 21, 2020 at 10:23 am