१६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026

कोरोना भाइरस रोकथामका लागि सरकारले चालेका सबै कदम स्वागत योग्य

६ चैत, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सचिवालय बैठकले कोरोना भाइरस रोकथामका लागि सरकारले चालेका कदम स्वागत योग्य भएको बताएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बुधबार बसेको सचिवालय बैठकमा कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितीको एसइइ परिक्षा रोक्ने निर्णय स्वागत योग्य रहेको निष्कर्ष निकालेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकले पार्टी, प्यालेस, भेला, सभा सम्मेलनको आयोजनामा रोक लगाउने र २५ जना भन्दा बढी भेला हुन नपाउने गरी समितीले गरेको निर्णय स्वागत योग्य रहेको उल्लेख गरेको छ । साधै सरकारले गठन गरेको उच्चस्तरीय समितिले सक्रियताका साथ गरेको सबै कदम स्वागयोग्य रहेको ठहर नेपकाले गरेको छ ।

  

प्रकाशित मिति : 08:47