१६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026

मन्त्री नै उपस्थित नभएपछि राज्य व्यवस्था समिति बैठक स्थगित

५ चैत, काठमाडाैँ । राज्य व्यवस्था समितिको बैठक संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीको अनुपस्थितिका कारण  स्थगित भएको छ। लामो समयदेखि राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलका क्रममा रहेको संघीय निजामती सेवा ऐनसम्बन्धी विधेयकका विषयमा आज छलफल गर्ने कार्यसूची रहको थियो।

बैठकमा मन्त्री त्रिपाठी बिरामी भएका कारण सहभागी हुन नसकेको जानकारी  गराइएको थियो। उक्त विधेयक समितिबाट सम्भवतः आज पारित गर्ने तयारी थियो। यसअघि चैत २ गते बसेको बैठकमा सांसदबीच सहमति जुटे पनि मन्त्री त्रिपाठीले राजनीतिक सहमति जुटाउनुपर्ने  भन्दै थप समय माग गरेका थिए।

उक्त बैठकमा मन्त्रीले पटक पटक समय माग गरेको भन्दै सांसदहरुले आक्रोश पोखेका थिए। प्रदेशका मुख्यसचिव र स्थानीय प्रमुख प्रशासकीय अधिकृत केन्द्रले खटाउने कि प्रदेशले भन्ने विषयमा विवाद हुँदै आएको थियो।

प्रकाशित मिति : 14:30