कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि सरकारकले गरेका १९ निर्णय यस्ता छन
३ चैत, काठमाडौं । सरकारले कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि विभिन्न १९ वटा निर्णय गरेको छ । कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले विभिन्न १९ लवटा निर्णय गरेको छ । जसमा २२० आईसीयू बेड तयार पार्ने देखि डाक्टर नर्सका लागि ७५ प्रतिशत भत्ता उपलब्ध गराउनेसम्मको रहेको छ ।

बैठकले कोरोना उपचारका लागि अस्पतालहरू समेत तोकेको छ । नेपाली सेनाको अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल र पाटन अस्पताल, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, कीर्तिपुर आयुर्वेद अस्पतालमा २०/२० वटा आईसीयू वेड तयार पार्ने निर्णय गरेको छ । सकारले प्रदेश तथा स्थानीय तहसँग समन्वय गरेर उपत्यका बाहिर १०० आईसीयू बेड तयार पार्ने निर्णय गरेको हो ।
बैठकका १९ निर्णय तल पढ्न सक्नुहुन्छ ।


प्रकाशित मिति : 21:31









