१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

गृहमन्त्रीलाई पम्फा भुसालको प्रश्नः ठूलो संख्यामा भारतीय सुरक्षाकर्मीको उपस्थिति किन ?

३१ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रकी नेतृ पम्फा भुसालले संसदमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रममा भारतीय सुरक्षाकर्मीको बाक्लो उपस्थितिको विषयलाई लिएर संदन मार्फत सरकारको ध्यानाकर्षण गराएकी छिन ।

सोमबार प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्दै माओवादी प्रवक्ता समेत रहेकी भुसालले सरकारलाई सोधिन, मोदीको भ्रमणमा यति ठूलो संख्यामा भारतीय सुरक्षाकर्मीको उपस्थिति किन ? उनले कुनै पनि विदेशी पाहुनालाई सुरक्षा दिन नेपाल सक्षम रहेको भन्दै असन्तुष्टि जनाइन । पहिलो घेरामा भारतीय सुरक्षाकर्मी रहँदा मन्त्रीहरु नै जान नसक्ने अवस्था आएको उनले बताइन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७५, सोमबार १३:४७