कोरोनाविरूद्ध लड्न सार्क कोष बनाउने मोदीको प्रस्ताव, प्रारम्भमा भारतले एक करोड डलर राख्ने
२ चैत, काठमाडौँ । कोरोनाविरूद्ध लड्न सार्क आपतकालीन कोष बनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गरेका छन । कोरोना भाइरसविरुद्ध साझा रणनीति तय गर्न सार्कका राष्ट्र तथा सरकार प्रमुखहरुको भिडियो कन्फ्रेन्समा मोदीले आपतकालीन कोष निर्णमा गर्ने प्रस्ताव गरेका हुन ।

मोदीले भारतका तर्फबाट तत्कालै कोषमा एक करोड अमेरिकी डलर राख्ने घोषणा पनि गरेका छन । मोदीले कोषमा जम्मा भएको पैसा समस्यामा परेको जुनसुकै देशले प्रयोग गर्न सक्ने बताए । छलफलमा नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सहभागिता जनाएका थिए । कन्फ्रेन्समा सहभागी सबैले कोरोनाको संक्रमणबाट जोगिन सार्क राष्ट्रहरुबीच सहकार्य गर्नुपर्नेमा जोड दिए ।
प्रकाशित मिति : 18:54









