१३ जिल्लामा सिडिओ हेरफेर काे कहाँ ? (सूचीसहित)
२ चैत, काठमाडाैँ । गृह मन्त्रालयले १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरूको हेरफेर गरेको छ। तनहुँ, कास्की, धनुषा, अछाम, मकवानपुर, धनकुटा, नवलपरासी , सिन्धुली, उदयपुर, पाँचथर, सिराह, बारा र गुल्मीमा नयाँ प्रमुख जिल्ला अधिकारी पठाइएको हो।

कास्कीमा सहसचिव ज्ञानप्रसाद ढकाललाई सरुवा गरिएको छ भने मकवानपुरमा सहसचिव दीपक नेपालकाे सरूवा गरिएकाे छ । कास्कीका सिडिओ रमेशकुमार केसीलाई अध्यागमन विभाग, कालिकास्थानको महानिर्देशकको रूपमा सरुवा गरिएको छ भने मकवानपुरका सिडिओ नारायणप्रसाद भट्टलाई गृहमन्त्रालयमा सरूवा गरिएकाे छ ।
रुपन्देहीका सहायक प्रजिअ भरतकुमार शर्मालाई गुल्मीको कामु प्रजिअको रूपमा सरुवा गरिएको छ भने तनहुँका कायममुकायम प्रजिअ रुद्रप्रसाद पण्डितलाई बाराको कामु प्रजिअ तोकिएको । यसैगरी, धनकुटा, सिराह, मोरङ र सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारीको पनि सरुवा भएको छ।
प्रकाशित मिति : 16:47









