२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

कोरोना संक्रमित भेटिए त्यसको सम्पूर्ण उपचार सरकारले गर्छः मन्त्री ढकाल

२ चैत, काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना संक्रमित फेला परेमा सबै उपचारको जिम्मा सरकारले लिने बताउनुभएको छ । राष्ट्रिय सभा बैठकमा कोरोना रोकथामबारे सरकारले गरेको तयारीबारे जानकारी दिँदै उहाँले भन्नुभयो, ‘संक्रमण हुनै नदिने सरकारको प्रयत्न हो, यदि संक्रमण फेला पर्यो भने उपचारको सम्पूर्ण जिम्मेवारी राज्यले लिन्छ ।’

मन्त्री ढकालले नेपाल आउने विदेशीले १४ दिनसम्म सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने र नेपाली नागरिकले १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्नुपर्ने पनि स्पष्ट पार्नुभयो ।

प्रकाशित मिति : March 15, 2020 at 2:13 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/