१६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026

कोरोना सतर्कताबारे सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै स्वास्थ्यमन्त्री ढकाल

२ चैत, काठमाडाैँ । कोरोना भाइरसको संक्रमण रोकथामबारे स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्नुहुने भएको छ । उहाले सातै प्रदेशका मुख्यमन्त्रीलाई काठमाडौं बोलाइएको जानकारी दिनुभयो । मुख्यमन्त्रीहरुसँग कोरोना भाइरसको संक्रमण रोकथामबारे भइरहेको गतिविधिको जानकारी लिन र एकीकृत कार्यक्रम तय गर्न छलफल बोलाइएको बताइएको छ ।

छलफल दिउँसो एक बजे सिंहदबारमा हुने स्वास्थ्यमन्त्री ढकालले जानकारी दिनुभयो । सरकारले स्थलगत आवागमनका अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने देखि उच्च संक्रमण भएको मुलुकसँगको उडान समेत रोकेको छ । प्रदेश सरकारहरुले पनि संघीय सरकारकै नीति अनुरुप कोरोना भाइरसको संक्रमण रोकथामबारे कार्यविधि समेत बनाइसकेको छ ।

प्रकाशित मिति : 12:37