‘प्रधानमन्त्रीज्यू, सबै जनता तपाईंप्रतिको उच्च सम्मानभाव बोकेर पंक्तिबद्ध बनेका छन्’
३० फागुन, काठमाडौँ । उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उच्च सम्मानभाव बोकेर नेकपा समर्थकमात्र नएभर सम्पूर्ण नेपाली जनता पंक्तिबद्ध बनेको बताएका छन । प्रधानमन्त्री ओली अस्पतालबाट निवास बालुवाटार फर्किएपछि सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी लेख्दै उपप्रधानमन्त्री पोखरेलले सम्पूर्ण नेपाली जनता ओलीप्रति उच्च सम्मानभाव बोकेर पंक्तिबद्ध बनेको बताएका हुन ।

उनले ओलीको अतुलनीय स्वाभिमानी भावना , दृढ़ता र इच्छा शक्तिले सबैलाई अभिप्रेरित गरेको पनि उल्लेख गरेका छन । उनले भनेका छन ‘नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली दोश्रो पटकको सफल मृगौला प्रत्यारोपणपछि घर फर्कनु भएको छ । तपाईंको अतुलनीय स्वाभिमानी भावना , दृढ़ता र इच्छा शक्तिले सबैलाई अभिप्रेरित गरेको छ ! नेपाल कम्युनिष्ट पार्टी मात्र नभएर सम्पूर्ण नेपाली जनता तपाईंप्रतिको उच्च सम्मानभाव बोकेर पंक्तिबद्ध बनेका छन् !!’
प्रकाशित मिति : 22:18









