१० असार २०८३, बुधबार | Wed Jun 24 2026

संसद् र स्कुल तत्काल बन्द गर्न सांसदकाे माग

२९ फागुन, काठमाडाैँ । सांसद भीमसेन दास प्रधानले कोरोनाभाइरस विश्वभर प्रकोपका रूपमा फैलिरहेकाले संसद, स्कुल तथा भीडभाड हुने सबै ठाउँ बन्द गर्नुपर्ने बताएका छन्। सांसद प्रधानले प्रतिनिधिसभा बैठकमा बोल्दै  यस्तो बताएका हुन्।

उनले भने,‘सरकारले अहिलेसम्म संसदलाई निरन्तर चलाई राख्नुको कुनै तुक छैन। स्कुल, बस, तुरुन्त बन्द गर्नुपर्‍यो,’  ‘सरकारले चाँडै एक्सनमा जानुपर्छ।

जहाँ भीड हुन्छ त्यो रोक्न सकिएन भने यसबाट हुने भय नेपालले रोक्न सक्दैन।’ उनले विश्व स्वास्थ्य संगठनले पनि जोखिममा रहेको बताइरहँदा नेपाल सरकारले कुनै तयारी नगरेको पनि आरोप लगाए।

प्रकाशित मिति : March 12, 2020 at 11:51 am