१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

भक्तपुरका प्रदेश सांसद हरिशरण लामिछानेको स्वास्थ्य गम्भीर, भेन्टिलेटरमा उपचार हुँदै

३१ वैशाख, भक्तपुर । प्रदेश नं ३ का प्रदेशसभा सदस्य हरिशरण लामिछानेको स्वास्थ्य अवस्था गम्भीर भएको छ । रारा क्षेत्रको भ्रमण सकेर शनिबार साँझ घर फर्किएका लामिछानेलाई आइतवार मष्तिस्काघात (ब्रेन ह्यामरेज) भएको हो ।

चाँगुनारायण नगरपालिका–६ तेलकोट निवासी लामिछानेलाई आइतवार अचानक ब्रेन ह्यामरेज भएपछि उनको अवस्था गम्भीर भएको नेकपा (एमाले) जिल्ला कमिटी भक्तपुरका सदस्य एवं स्थानीयवासी निरञ्जन बजगाईंले जानकारी दिए ।

उनको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको र उनकोे अवस्था स्थिर रहेको बताइएको छ ।

उनको स्वास्थ्य अवस्था बुझ्न नेकपा (एमाले) का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, एमाले नेता कृष्णगोपाल श्रेष्ठलगायतका नेताहरु अस्पताल पुगेर पुगेका थिए ।

उनको अवस्था चिन्ताजनक भएपछि अस्पतालमा एमालेका नेता तथा कार्यकर्ताको भीड लागेको छ । उनि नेकपा एमाले को तर्फबाट भक्तपुर क्षेत्र नं १ प्रदेश नं २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : ३१ बैशाख २०७५, सोमबार ०६:४२