१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

बाँस्कोटाको घरमा आतंककारीले आक्रमण गरेको भन्दै अपराधीलाई कारबाही गर्न प्रचण्डको माग

२८ फागुन, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले नेकपा केन्द्रीय सदस्य एवं सांसद गोकुल बास्कोटाको घरमा आतंककारीले आक्रमण गरेको भन्दै अपराधिलाई कारबाही गर्न माग गरेका छन । बुधबार बिहान विज्ञप्ति प्रकाशित गर्दै अध्यक्ष प्रचण्डले आक्रमणमा संलग्न अपराधिलाइ कारबाही गर्न माग गरेका हुन ।

पूर्व सञ्चारमन्त्री समेत रहेका बाँस्कोटाको लोकन्थलीस्थित घरमा बुधबार बिहान कुकर बम विस्फोट भएको थियो । बिस्फोटबाट भुइँ तल्लामा क्षति पुगेको छ । झ्यालका सिसा फुट्नुका साथै कम्पाउण्डको पर्खाल ढलेको छ। स्थानीय प्रत्यक्षदर्शीका अनुसार ठूलो आवाजसहित भएको विस्फोटबाट बाँस्कोटाको निर्माणाधीन घर परिसरमा राखेको मारुती भ्यान समेत क्षतिग्रस्त भएको छ।

विस्फोटबाट बाँस्कोटाका छिमेकीहरुको घर क्षतिग्रस्त भएका छन्। बम विस्फोटबाट बाँस्कोटाका छिमेकीहरु कुबेर केसी र कपिल घिमिरेको घरमा पनि क्षति पुगेको प्रहरीले जनाएकोछ ।

 

प्रकाशित मिति : 12:04