उपप्रधानमन्त्री पोखरेलद्धारा सर्वदलीय बैठक आव्हान
२८ फागुन, काठमाडौँ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अपराह्न ३ बजेका लागि बैठक तय गरिएको उपप्रधान तथा रक्षामन्त्री पोखरेलको सचिवालयले जनाएको छ ।

विश्वव्यापी रूप लिइरहेको कोरोना संक्रमणसँग लड्न सरकारले गरेको पूर्वतयारीलगायत विषयबारे जानकारी तथा छलफल हुने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने पाँचवटै दलका शीर्ष नेता आमन्त्रण गरिएको छ ।
प्रकाशित मिति : 10:31









