१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

प्यूठानमा रात्री बस दुर्घटना, ५ जनाको मृत्यु, २० जना घाइते, ५ काे अवस्था गम्भीर

३० वैशाख, प्यूठान । प्यूठानको बडडाँडामा े ना४ख १८७६ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा २० जना घाइते भएका छन ।

प्रदेश ७ को महेन्द्रनगरबाट प्रदेश ५ को प्यूठानको खलंगातर्फ जाँदै गरेको महाकाली यातायातको बस आइतबार बिहान प्यूठानको सरुमहारानी गाउँपालिकामा बडडाँडा नजिकै दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, प्यूठानले दुर्घटनाको पुष्टि गर्दै ३ महिला र २ पुरुषको मृत्यु भएको जनाएको छ । घाइते मध्ये ५ काे अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७५, आईतवार ०६:५३